लास्कार जह, अफगानिस्तान, ४ माघ। अफगानिस्तानको हेल्मन्ड प्रान्तमा आफ्नै सहकर्मीको आक्रमणमा परी नौ जना प्रहरीको बिहीबार मृत्यु भएको छ ।

“प्रहरीको पोशाकमा रहेका एक जना व्यक्तिले प्रहरी अधिकारीहरुलाई गोली प्रहार गरेका हुन्,” एक जना स्थानीय सरकारी अधिकारीले भने ।

Advertisement

उनले थपे, “आज बिहान हेल्मन्ड प्रान्तको राजधानी लास्कार गाह नजिकै रहेको प्रहरी चौकीमा घटना भएको हो, घटना लगत्तै नौ जनाको घटनास्थलमै मृत्यु भएको छ ।”

हेल्मन्ड प्रान्तीय सरकारका प्रवक्ता ओमार जावाकले घटनाका बारेमा थाहा पाउने वित्तिकै दोषीको खोजी गर्नुका साथै घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!