रासस

सोल, ४ माघ। उत्तर र दक्षिण कोरिया उनीहरु दुई देशका रुपमा टुक्रिएपछि पहिलो पटक एउटै झण्डामा मार्च गर्न सहमत भएको समाचार छ ।
आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा यी दुवै देशले एउटै झण्डामा मार्च गर्न सहमत भएको बताइएको छ ।

Advertisement

उत्तर कोरियाले दक्षिण कोरियामा हुन लागेको उक्त शीतकालीन ओलम्पिकमा आफ्ना खेलाडीको टोली र अन्य खेलकूद अधिकारीहरु पठाउने जानकारी यसअघि नै दिइसकेको छ ।

उक्त ओलम्पिक खेलमा सहभागिताका लागि उत्तर कोरियाली केही उच्च अधिकारी र पत्रकारहरु पनि जाने भएका बताइएको छ । यसरी उत्तर कोरियाली प्रतिनिधिमण्डल ठूलो हुने भएको समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाले यस खेलकूदमा उत्तरले बढी भन्दा बढी खेलाडी र अधिकारीहरु पठाओस र जसले गर्दा दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउन सकियोस भन्ने आग्रह गरेको थियो ।

उक्त आग्रहजस्तै उत्तर कोरियाले खेलाडी र अधिकारी पठाउने भएको हो । यतिमात्र नभएर उत्तर र दक्षिण कोरियाले उक्त खेलकूदमा एउटै अथवा संयुक्त झण्डामा सँगसँगै मार्च गर्न सहमति जनाएकोले उक्त खेलकूदलाई एक किसीमले भन्दा सौहार्द वातावरणको रुपमा लिन सकिने पर्यवेक्षकहरुले जनाएका छन् ।

यसका साथै युद्धविराम गाउँका रुपमा चिनिने पाममुनजोममा जनवरी ९ मा भएको एक उच्चस्तरीय कोरिया वार्तापछि तिनीहरुले आइस हकी खेलको महिला तर्फको प्रतिस्पर्धामा संयुक्त टोली समेत प्रस्तुत गर्ने सहमति पनि जनाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!