सल्यान, ३ माघ। सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जना कर्मचारीको मृत्यु भएको छ ।

मंगलबार राति रा ४ प २०१२ नंको मोटरसाइकल बागचौर नजिकै दुर्घटना हुँदा पशु सेवा कार्यालय बागचौरमा कार्यरत ५४ वर्षीय पूर्णबहादुर डाँगीको घटनास्थलमै मृत्यु भएको हो ।

Advertisement

मंगलबार बेलुकी कार्यालय समय सकेर घर फर्कने क्रममा बागचौर पातीहाल्न सडकखण्डको शारदा नदीनजिकै मोटरसाइकल दुर्घटना हुँदा डाँगीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ ।

हिजो राति घर नपुगेपछि बिहान खोजी गर्दा डाँगीको शव फेला परेको प्रहरीले जनाएको छ । डाँगी सबार मोटरसाइकल सडकदेखि २० मिटर तल खोल्सोमा खसेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!