उर्लाबारी, मोरङ, ३ माघ । मोरङका दुई छुट्टा–छुट्टै स्थानमा गएराति भएका मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।

जिल्लाको सुनबर्सी नगरपालिका–६ स्थित भित्री सडकखण्डमा गए राति को २९ प ३६५६ नंको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सुनबर्सी नगरपालिका–८ बस्ने २० वर्षीय दीपक कामत र पछाडि सवार २१ वर्षीय बालकृष्ण मण्डलको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ ।

Advertisement

यस्तै, कानेपोखरी गाउँपालिका–२ स्थित भित्री सडकखण्डमा गएराति मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को २ प ५१४१ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक कानेपोखरी–३ बस्ने ५० वर्षीय जितन चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!