रासस

जनकपुरधाम, २ माघ। एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का केन्द्रीय सल्लाहकार उदयकान्त ठाकुरको आज बिहान जनकपुरधाममा निधन भएको छ ।

Advertisement

केही महिनादेखि बिरामी रहनुभएका ७६ वर्षीय ठाकुरको आज बिहान ६ः३० बजे जनकपुरधामको देवीचोकस्थित आफ्नै निवासमा निधन भएको हो ।

उहाँ पञ्चायतकालमा जनकपुर नगरपालिकाको उपप्रमुखसमेत हुनुभएको थियो । भाषणकला सन्दर्भमा जनकपुर क्षेत्रमा उहाँ चर्चित हुनुहुन्थ्यो । उहाँको श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।

परिवारजनका अनुसार उहाँको आजै जनकपुरको स्वर्गद्वारमा अन्तिम संस्कार गरिनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!