रुकुम, २ माघ।  रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा आगलागीमा परेर दुईजनाको मृत्यु भएको छ ।

Advertisement

गाउँपालिकाको वडा नं ३ को लालपाटन जंगलमा गत शुक्रबारदेखि लागेको आगलागीमा परेर घाँसदाउरा लिन जाने गाउँपालिका वडा नं ७ का श्यामबहादुर बोहरा र केशरमान मल्लको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले जानकारी दिनुभयो ।

दुवैजनाको आगलागीमा परेर आइतबार बिहान मृत्यु भएको भएपनि जिल्लाको सबैभन्दा विकट ठाउँ भएकाले ढिला गरी जानकारी आएको प्रजिअ सापकोटाको भनाइ छ ।

आगलागीमा परेर सोही ठाउँका शेरबहादुर बोहरा गम्भीर घाइते भएको प्रजिअ सापकोटाले बताउनुभयो । घाइते बोहराको जिल्लामा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको प्रजिअले जानकारी दिनुभयो । सो जंगलमा अहिले पनि आगलागी भइरहेको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!