नुवाकोट, १ माघ।  मिनीट्रकको ठक्करबाट बेलकोटगढी नगरपालिका–१० का यमबहादुर पाण्डेको आज मृत्यु भएको छ ।

घर नजिकै सडक छेउमा हिडिरहेका ६० वर्षीय पाण्डेलाई बा.४ ख ८०३० नंं को मिनीट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल त्रिशूलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिनुभयो ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!