रत्ननगर, चितवन, १ माघ।  चितवनको भरतपुर महानगरपालिका–१ देवघाटस्थित माघी मेलामा नुहाउने क्रममा डुबेर आज एक वृद्धको मृत्यु भएको छ ।

देवघाटस्थित झोलुङ्गे पुलमुनि त्रिशूली नदीमा नुहाउने क्रममा डुबेर चितवन रत्ननगर नगरपालिका–३ का ७८ वर्षीय पदमनाथ अधिकारीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

Advertisement

बिहान करिब १०ः३० बजे नुहाउने क्रममा अचानक ढुङ्गाबाट चिप्लिएर अधिकारी त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट करिब ३०० मिटर तल त्रिशूली र कालीगण्डकीको संगम बेनीमा बगाइरहेको देखेपछि सुरक्षामा खटिएको टोलीले उहाँको उद्धार गरेको थियो ।

गम्भीर अवस्थामा उद्धार गरिएका उहाँको उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । शव अहिले भरतपुर अस्पतालमा राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!