इटहरी, १ माघ। उद्योग वाणिज्य संघ इटहरीको सक्रियतामा आइतबार इटहरी उपमहानगरपालिका–४ मा सञ्चालनमा रहेको कविर माध्यमिक विद्यालयमा अध्ययनरत गरिब परिवारका बालबालिकालाई विद्यालयको झोलासँगै आवश्यक शैक्षिक सामग्रीसमेत प्रदान गरिएको छ ।
उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष शैलेश विष्टको पहलमा पदाधिकारीको एक टोलीले सो विद्यालयमा गई विभिन्न कक्षामा अध्ययनरत ७१ बालबालिकालाई झोला र अन्य शैक्षिक सामग्री प्रदान गरेको हो ।

Advertisement

उपाध्यक्ष विष्टले बालबालिकाले पठनपाठनका लागि विद्यालय आउँदा कपि, किताब, कलम, बोक्नसमेत कठिन भइरहेको महसुस गरेर संघले आर्थिक अवस्था कमजोर भएका बालबालिकाको अवस्थाप्रति संवेदनशील हुँदै यी सामग्री उपलब्ध गरेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिको पूर्व अध्यक्ष तेजबहादुर कार्कीको अध्यक्षतामा भएको झोला तथा शैक्षिक सामग्री वितरणमा उद्योग वाणिज्य संघका पदाधिकारी टङ्क खनाल, राजेन्द्रकेशरी घिमिरे, उमानाथ दाहाल, नवराज काफ्ले, मुना तिम्सिनाक, विश्व धिमाललगायतको सहभागिता रहेको थियो ।

झोला तथा आवश्यक शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यालयको प्रधानाध्यापक मीनु न्यौपानेले विद्यालयका बालबालिकाको कठिन अवस्थालाई अध्ययन गरेर झोला र अन्य सामग्री उपलब्ध गरिदिएकोमा धन्यवाद दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!