राजविराज, ३० पुस। पछिल्ला केही दिनयता चलेको शीतलहर र अत्यधिक चिसोका कारण सप्तरीको कञ्चनरुप नगरपालिका–३ मा आज थप एक महिलाको मृत्यु भएको छ ।

Advertisement

स्थानीय ६२ वर्षीया कलियादेवी सदाको अत्यधिक चिसोका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।

उनको आफ्नै घरमा सुतिरहेको अवस्थामा कठयाङ्ग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ । योसँगै सप्तरीमा चिसोबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ भने प्रहरीले भने १६ जनाको मात्र पुष्टि गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!