जितपुर, कपिलवस्तु ३० पुस।  ट्र्याक्टरको ठक्करबाट आज साँझ यहाँ एक बालकको मृत्यु भएको छ ।

Advertisement

महाराजगन्जबाट बनगाई जाँदै गरेको भे १ त ६९७७ नं को ट्र्याक्टरले महाराजगन्ज नगरपालिका–११ बडेगाउँ स्थित डुमरा–महाराजगन्ज सडकखण्ड नजिकै स्थानीय जगदीश यादवको सात वर्षीय छोरा महेन्द्रलाई ठक्कर दिदाँ उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महाराजगन्जका प्रहरी नायब निरीक्षक जगजीवन यादवले जानकारी दिनुभयो ।

ठक्कर दिने ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!