धनगढी, ३० पुस । आयोजक सुदूरपश्चिम–११ लाई पराजित गर्दै विभागीय टोली एपिएफ ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता’को फाइनलमा प्रवेश गरेको छ ।

Advertisement

धनगढी रङ्गशालमा आज भएको सेमिफाइनल खेलमा एपिएफले सुदूरपश्चिम–११ लाई २–० गोलअन्तरले पराजित गर्दै फाइनल पक्का गरेको हो ।

एपिएफका लागि अन्जन विष्ट र नवीन लामाले गोल गरेका थिए । लामा आजको खेलका ‘म्यान आफ दि म्याच’ घोषित भए ।

सोमबार हुने फाइनल खेलमा एपिएफ त्रिभुवन आर्मीसँग भिड्ने छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!