सान्टियागो, ३० पुस ।  भेनेजुएलाको सरकार र विपक्षीबीच अर्काे चरणको वार्ता डोमिनिक रिपब्लिकमा यही जनवरी १८ मा हुने भएको समाचार छ ।  सरकारका कार्यक्रमहरुप्रति तिब्र असहमति राख्दै आएका विपक्षीहरुले डोमिनिक रिपब्लिकमा वार्ता गर्ने सहमति जनाएका हुन् ।
सो भेटवार्ताका क्रममा उनीहरुले सरकारको कार्यक्रमको बारेमा आफ्नो धारणा राख्ने भएका छन् । विपक्षीहरुले सरकारले स्वेच्छाचारी र एकपक्षीय रुपमा शासन चलाएको आरोप विपक्षीहरुको रहेको छ ।

Advertisement

तेलको मूल्यमा भएको गिरावट, आर्थिक मन्दी तथा भ्रष्टाचारजस्ता कारणहरुले गर्दा भेनेजुएला पछिल्लो समयमा आर्थिक सङ्कटमा फसिरहेको बताइएको छ ।

विपक्षीहरुले सरकारका विरुद्धमा विगत लामो समयदेखि अन्दोलन गरिरहेका छन् । पछिल्लो केही दिनयता यहाँको सरकार र विपक्षीबीच वार्ता भएको थियो ।

कतिपय विषयमा वार्तामा सहमति भएको र अरु केही विषयमा वार्ता गरी समस्याको समाधान निकाल्नुपर्ने भएकोले अर्काे चरणको वार्ता आगामी १८ तारिखमा गरिने प्रमुख विपक्षी एक नेताले जनाएका छन् ।

भेनेजुएलामा पछिल्लो समयमा राजनीतिक सङ्कट पनि गहिरिँदो छ । यहाँका विपक्षीहरुले सरकारको कार्यक्रमको विगत लामो समयदेखि विरोध गर्दै आएका छन् ।

उनीहरुले देशमा भ्रष्टाचार बिगतको तुलनामा निकै बढेको बताएका छन् । उनीहरुले अहिलेको सङ्कटको समाधान वर्तमान सरकारले गर्न नसक्ने आरोप पनि लगाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!