रासस

 

रसुवा, २९ पुस । क्रमिक रुपले जनचेतना बढ्न थालेपछि राजमार्गमा ट्राफिक नियम उल्लंघनका घटनामा कमी आएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख नवराज खड्काका अनुसार सचेतना कार्यक्रमअन्तर्गत राजमार्ग गस्तीमा तीव्रता, घुम्ती प्रशिक्षण तथा ‘चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट’ कार्यक्रमबाट आएको ट्राफिक नियमको चेतना वृद्धिले ट्राफिक नियम उल्लंघनका घटनामा कमी आएको हो ।

गत वर्ष यस अवधिमा करिब पाँच हजार सवारी चालकलाई ट्राफिक नियम उल्लंघन विषयमा कारवाही गर्नुपरेकामा चालु आवको साउनदेखि हालसम्म दुई हजार ८९९ लाई मात्र कारवाही गरिएको जनाइएको छ ।

चालु आवको छ महिनामा सानाठूला १३ सवारी साधन दुर्घटनामा परी त्यसमा सवार १३ जना सामान्य घाइते भएका थिए । दुई हजार ८९९ सवारी साधनलाई कारबाही गर्दा रु २१ लाख ४० हजार जरिवाना लिइएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

यस्तै गत आवमा ३५ सानाठूला सवारी साधन दुर्घटना, ३५ जना सामान्य घाइते, दुई जनाको मृत्यु, ट्राफिक नियम उल्लंघन गर्ने आठ हजार २०० सवारी साधन कारबाहीमा परी रु ६२ लाख ८६ हजार जरिवाना भएको ट्राफिक प्रमुख खड्काले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!