
ओखलढुंगा, २९ पुस । ओखलढुंगाको एक विद्यालयमा प्रबिधिमैत्री शिक्षाका लागि इ–लाईब्रेरी सञ्चालनमा आएको छ ।
सिद्धिचरण नगरपालिका १२ स्थित सगरमाथा जनता माध्यमिक बिद्यालयमा ईलाईब्रेरीको शुरुवात गरिएको हो ।
जिल्लाको एक पारिवारीक ट्रष्ट ‘होम बहादुर,प्रेम कुमारी ट्रष्ट’ले बिद्यालयलाई ईलाईब्रेरीको ब्यवस्था गरेको हो ।
नेपाल लाईब्रेरी फाउन्डेशनको प्राबिधिक सहयोगमा ट्रष्टले बिद्यालयमा डिजिटल प्रबिधिबाट पठनपाठन शुरु गर्न ईलाईब्रेरीको ब्यवस्था गरेको ट्रष्टका महासचिव राम बिनय श्रेष्ठले बताए ।
झन्डै ३ लाख ७५ हजारको लागतमा लाईब्रेरी सञ्चालनमा आएको श्रेष्ठको भनाई छ ।
बिना ईन्टरनेट अफलाईन प्रबिधिको ई लाईब्रेरीमा ८ देखी १० हजारका हाराहरीमा पुस्तकहरु हेर्न र पढ्न सकिन्छ । त्यस्तै ईपाठ अन्तरगत श्रव्य दृश्य भिडियोबाट बिद्यार्थी र शिक्षकहरुका लागी सिकाई मुलक बिभिन्न भिडियोहरु रहेका छन् ।
यसले बिद्यार्थी र शिक्षकहरुले प्रबिधिसंगै आफुलाई आवश्यक शैक्षिक समाग्रीहरु पढ्न सकिने नेपाल लाईब्रेरी फाउन्डेशनका प्राबिधिक ईन्जिनियर बसन्त श्रेष्ठले बताए ।
अडियो भिडियो सहितको ईलाईब्रेरी स्थापना भएसंगै बिद्यालयका बिद्यार्थी र शिक्षकहरुमा खुशीयाली छाएको छ । य
डिजिटल माध्यमबाट पठनपाठन हुने भएपछि बिद्यार्थीरुको सिकाई उपलब्धी र शिक्षकहरुको ब्यवहारमा समेत परिवर्तन आउने बिद्यालयका प्रधानध्यापक सुमनराज भन्डारीले बताए ।
बिद्यालयमा जडान गरिएको ईलाईब्रेरीमा अहिले १२ वटा कम्प्युटरबाट पाठ्यासामाग्री हेर्न र पढ्न सकिने छ । हाल बिद्यालयमा ९ सय ६३ जना बिद्यार्थी अध्यनरत रहेका छन् भने कर्मचारी सहित ३१ जना शिक्षक शिक्षिका कार्यरत रहेका छन् ।















