
लमजुङ, २७ पुस । पूर्वि लमजुङको दुधपोखरा गाउँपालिका वडा नम्बर ४ स्थित ईलम पोखरीको मुगोमा निमार्ण गरिएको चम्पावती प्राथमिक विद्यालय विहिबार एक कार्यक्रमका बीच समुदायलाई हस्तान्तरण गरिएको छ ।
एडेट एक्सन र वेल्ड फाउन्डेशनको आर्थिक तथा प्राविधिक सहयोगमा दलित सेवा संघ लमजुङद्धारा उक्त विद्यालय निमार्ण गरिएको हो । २४ लाखको लागतमा सिद्धिविनायक निमार्ण सेवाले निमार्ण गरेको उक्त विद्यालय प्रदेश नम्बर ४ का सांसद धनञ्जय दवाडीले उद्धघाटन गर्दे प्रधानध्यापक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई संयुक्त रुपमा चावी हस्तान्तरण गरेका छन् ।
विद्यालय उद्धघाटन एवं हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दे दवाडीले निमार्ण कार्यले समुदायलाई लाभ भएको भन्दैँ खुशी व्यक्त समेत गरेका छन् ।
स्थानिय स्तरमा दैनिक जिवनयापन र व्यवसायिक उत्पादनका लागि माटो र हावा पानी सुहाउँदो उत्पादन गर्नेतर्फ स्थानिय बासिन्दाहरु अग्रसर हुनुपनर्मेमा जोड दिए । प्रदेश सांसद दवाडीले स्थानिय स्तरमा आवश्यक विकाशका लागि स्थायि बासिन्दासँग परामर्श, सहकार्य र समन्वय गर्दे अगि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दे दुधपोखरी गाउँपालिका प्रमुख छुपिमायाँ गुरुङले स्थानिय स्तरवाटै विकास र निमार्णका लागि आफूले ठोस योजना निमार्ण गरि कार्यन्यवन गर्ने बताईन ।
दलित सेवासंघ लमजुङले ईलमपोखरीको मुगे, ताजि र भाङस्वारामा विद्यालय भवन निमार्ण गरेको छ । भूकम्पपछि परिर्वतनका लागि पूनः निमार्ण परियोजना अन्तर्गत यी विद्यालय निमार्ण गरिएको हो ।















