अनलाइनखबर

न्यूयोर्क, २७ पुस । अमेरिकाको क्यालिफोर्नीयामा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाइएको छ । लामो समयदेखि उक्त बर्क्ली क्षेत्रमा बसोबास गर्ने समाजसेवी बुद्धिजिवी तथा समाजका अगुवाहरुले २ सय ९६ औं पृथ्वी दिवस मनाएका हुन् ।

Advertisement

एकता दिवसको दिन बिहीबार बुद्धिजिवीहरुले पृथ्वीनारायण शाहको एकीकरण तथा एकताको बारेमा बोलेका थिए । साथै सबैजसो वक्ताहरुले आफू बसेको ठाउँमा एकता देखाउँदै सामुदायिक भबनको चाडै निर्माण गर्नु पर्ने कुरामा सबैले जोड दिएका थिए ।

उक्त कार्यक्रममा आफ्ना भनाइ राख्दै पूर्व पर्यटन दूत अनिल पाण्डेले उक्त सामुदायिक भबन बनाउनको लागि सञ्चालित एक सय डलरको चिट्ठाको पहिलो टिकट बिसे नगर्चीलाई सम्झिएर किनेर सुरु गरेका थिए ।

नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पृथ्वीनारायण शाहको दिव्ययोपदेशको स्मरण गर्दै अमेरिकामा पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । दोस्रो जनआन्दोलनपछि पृथ्वीनारायण शाहको योगदानलाई उपेक्षा गरेता पनि यो वर्ष सार्वजनिक बिदा दिइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!