पोखरा,२६ पुस । पृथ्बी जयन्तीको अवसरमा पोखरामा हेलिकोप्टर तथा अल्ट्रालाईटबाट पुष्पबृष्टि गरिने भएको छ। नेपालको एकिकरणका अभियान्ता पृथ्बीनारायण शाहको २ सय ९६ औं जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शाहको सम्मानमा प्रभात फेरी र आकासबाट हेलिकोप्टर तथा अल्ट्रालाईटबाट पुष्प बृष्टि गरिने मुल समारोह समितिका संयोजक शंकर खरालले पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

Advertisement

राष्ट्र निर्माता तथा एकताका प्रतिक पृथ्बीनारायण साहको जन्मको अवसरमा नेपाल सरकारले राष्ट्रिय विदा समेत दिएकोले यसलाई पोखरामा पनि धुमधामका साथ मनाउन आफुहरुले उक्त कार्यक्रम आयोजना गर्न लागेको संयोजक खरालले बताए ।

पुष २७ गते पोखरामा नौमती बाजा गाजा सहितको प्रभातफेरीको आयोजना गरिनेछ । ‘हेलिकोप्टरबाट पोखराको आकासमा पुष्प बृष्टि र अल्ट्रालाईटबाट पृथ्बीनारायण साहको तष्विर र नेपालको झण्डा प्रदर्शन गरीनेछ’ खरालले भने ।‘यो राष्ट्र निर्माता प्रतिको उच्च सम्मान हो।’

नागरिक स्तरबाट पृथ्बीनारायण शाहको योगदानलाई उच्च कदर गर्दै आयोजनागरिएको प्रभातफेरी सहितको माल्यारोपण कार्यक्रममा सहभागिताको लागि समितिका सल्लाहकार प्रा.डाक्टर दिल बहादुर क्षत्रीले आग्रह गरे ।
कार्यक्रम मानव अधिकार चोकबाट सुरु भई न्यूरोड हुदै पृथ्बीचोकमा पुगेर पृथ्बीनारायण साहको तष्विरमा माल्यारोपणगरी समापन हुने छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!