अमेरिका,१० जनवरी । प्रधानन्यायाधीस गोपाल पराजुलीबिरुद्ध अभिब्यक्ति दिएपछि पक्राउ परेका डाक्टर गोबिन्द केसीको अभियानमा अमेरिकास्थित नेपाली सँस्थाहरूले ऐकबद्धता जनाएका छन् । अमेरिकामा रहेर भ्रष्ट्राचार बिरुद्ध बिभिन्न अभियानहरु चलाउदै आएको संस्था हेम सरिता पाठक फाउण्डेशनले पनि ऐकबद्धता जनाएको हो ।

Advertisement

अमेरिकामा रहेर पनि नेपालको भ्रष्ट्राचार अन्त्यका लागि बिभिन्न कार्यहरु गर्दै आएको फाउण्डेशनले बिज्ञप्ति जारी गर्दै डाक्टर केसीलाई तत्काल रिहाई गर्न माग समेत गरेको छ । बिज्ञप्तिमा अदालतप्रति आफूहरुको पनि उच्च सम्मान रहेको र हरेक नागरिकले अदालतको सम्मान गर्नु उसको दायित्व भएको भएपनि कोही ब्यक्तीले अदालतमा रहेर खराब कार्य गर्न खोज्दछ भने उसप्रति औंला ठड्याउनु पनि सचेत नागरिकको दायित्व भएको उल्लेख गरिएको छ ।

भष्ट्राचार गर्ने या भ्रष्ट्राचारीलाई सहयोग गर्न खोज्ने ब्यक्ति कसैको पनि नहुने मान्यता बोकेर अगाडि बढेको संस्थाले न्यायालय वा प्रशासनिक क्षेत्र जहाँ भएपनि नागरिकले खबरदारी गर्दैमा आत्तिएर थुन्न खोज्नु भन्दा जनहितका लागि काम गर्नेपर्नेमा सँस्थाले जोड दिएको छ । नेपालमा लाखौं मुद्दाहरु लाइनमा भएको बेला गोबिन्द केसीको मुद्दा भने नाटकीय रुपमा अगाडि बढाइएकोमा पनि फाउण्डेशनले आश्चर्य प्रकट समेत गरेको छ ।

फाउण्डेशनले नेपालको भष्ट्राचार अन्त्यका लागि हरेक वर्ष भष्ट्राचार बिरुद्ध उत्कृष्ट कलम चलाउने पत्रकार, साहित्यकार र राष्ट्रसेवकहरुलाई समेत प्रोत्साहन स्वरुप पुरस्कृत गर्दै आएको छ । फाउण्डेशनले भष्ट्राचार बिरुद्ध अभियानका लागि गीतहरु समेत निकाल्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!