तेह्रथुम,२६ पुस। जिल्लाका किसानले अलैँची खेतीको समस्या समाधान गरिदिन माग गरेका छन् । अलैँची खेतीमा थुप्रै सम्भावनासँगै समस्यासमेत रहेको भन्दै तिनको व्यवस्थापन गर्न एउटा छुट्टै स्वायत्त निकाय बनाइनुपर्ने किसानको माग छ । जिल्लाका किसान, व्यवसायी र सरोकारवालाबीच विश्व परिदृश्य वकालत मञ्चले गरेको अन्तक्र्रियामा सहभागीले अलैँची खेतीका समस्या समाधानका लागि अलैँची विकास बोर्ड गठन गरिनुपर्ने माग गरेका हुन् ।

Advertisement

अलैँची खेतीमा आधुनिक प्रविधिको प्रयोग, रोग, कीरा र जनावरको संक्रमण नियन्त्रण, बजार व्यवस्थापन, खेती प्रविधिको अनुसन्धान, स्थिर मूल्य, बाली बीमा तथा विनाधितो ऋणलगायतका व्यवस्थासहित अलैँची विकास बोर्ड गठन गरिनुपर्ने किसानले माग गरेका छन् । किसानले अलैँची खेतीबाट पर्याप्त आम्दानी हुने आशाले धान, मकै फल्ने खेतबारीमा अलैँची खेती थाले पनि अहिले विभिन्न समस्या निम्तिएको बताए ।

अलैँची किसानलाई लक्षित गरी सरकारले कुनै पनि उपयुक्त कार्यक्रम गर्न नसकेको फेदाप गाउँपालिका–२ स्थित लालीगुराँस अलैँची कृषक समूहका सचिव नारायण भट्टराईले बताउनुभयो । “सरकारले अलैँची खेतीलाई प्राथमिकतामा राख्नुपर्छ”– उहाँले भन्नुभयो, “अलैँची खेतीमा प्रशस्त सम्भावना भए पनि प्राविधिक ज्ञान, सीप र बजारको समस्याका कारण खासै लाभ लिन सकेका छैनौँ ।” उहाँले अलैँची विकास बोर्ड गठन गर्नुपर्ने माग गर्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!