बेइजिङ– सन् २०१७ भरि चीनमा करिब १० हजार तीन सय अश्लील घटनाहरू घटेका छन् । सोमबार चीनको अश्लील सामग्री प्रदर्शन तथा अवैध प्रकाशन कार्यालयले उक्त तथ्यांक सार्वजनिक गरेको हो ।
यस्ता गतिविधिमा संलग्न रहेको अभियोगमा करिब १ लाख २८ हजार वेभसाइट बन्द गरिएका छन् । भने छापा माध्यममा प्रकाशन भएका करोडौ सामग्रीहरू जफत तथा मेटाउने काम गरिएको छ । उक्त कार्यालयमा १ लाख २१ हजार उजुरी परेका थिए । कार्यालयले सार्वजनिक सुरक्षा र प्रतिलिपि अधिकार सम्बन्धी १ सय ४७ मुख्य घटनाबारे पनि कार्वाही चलाएको थियो ।