अनलाइनखबर

काठमाडौं,२४ पुस। राजधानीबाट सोमबार प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा फरक–फरक विषय परेका छन् । चिसोले देशभरको जनजीवन प्रभावित भएको समाचारलाई आज सबैजसो दैनिक पत्रिकाहरुले लेखेका छन् । पत्रपत्रिकाहरुले पछिल्लो वर्षका चिसोहरुको विश्लेषणसमेत गरेका छन् ।

Advertisement

सरकारले प्रदेशको अस्थायी मुकाम तोक्नैपर्ने संवैधानिक दायित्व पूरा नगर्दा प्रदेश राजधानीको मुद्दा गिजोलिन पुगेको छ । यही कारण देशका विभिन्न स्थानमा आन्दोलनहरु चर्किरहेका छन् । यो विषयलाई पनि आजका पत्रपत्रिकाहरूले प्राथमिकताका साथ समेटेका छन् ।

यसका अलावा एमाले–माओवादी केन्द्रका अध्यक्षबीच भेटवार्ता भएको, चीनसँगको नेपालको व्यापार घाटा बढिरहेका बेला त्यहाँ जाने सामान घटेको, पशुपतिको बालुवामा मन्त्रीले चलखेल गरेकोलगायत समाचारले पनि पत्रपत्रिकामा उत्तिकै स्थान पाएको छ ।

चिसोले जनजीवन प्रभावित, झण्डै दुर्इ दर्जनको ज्यान गयो, हवाई उडान प्रभावित

शीतलहरले तराईमा २३ को मृत्यु भएको र जनजीवन प्रभावित भएको विषयलाई आज नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ ।

नयाँ पत्रिकाका अनुसार, सप्तरीमा १४ र रौतहटमा पाँच जनाको मृत्यु भएको छ । यसबाहेक देशका विभिन्न स्थानमा झण्डै अाधा दर्जनले हालसम्म चिसाेका कारण ज्यान गुमाएका छन् ।

प्रतिकूल मौसमका कारण हवाई उडानसमेत प्रभावित भएको छ । समाचार अनुसार आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान अवतरण प्रभावित बन्यो । आन्तरिकतर्फ अधिकांश क्षेत्रको उडान प्रभावित भएको समाचारमा उल्लेख छ ।

तर, नागरिक दैनिकले भने चिसाेले मध्यपूर्वी मधेसमा मृत्यु हुनेकाे संख्या १४ पुगेकाे लेखेकाे छ । राजधानी दैनिकले चिसाेका कारण देशभर १९ काे मृत्यु भएकाे समाचारलार्इ मुख्य समाचार बनाएकाे छ ।

‘कर्णालीले कसरी थेग्छ माइनस ८ डिग्री ?’

कान्तिपुर दैनिकले कर्णालीले कसरी थेग्छ माइनस ८ डिग्री ? भनेर ५ जिल्लाहरुको समाचारलाई कम्पाइल गरेको छ ।

समाचारअनुसार शीतलहरले तराई कठ्यांग्रिएको छ । त्योभन्दा धेरै तापक्रम घटेर मानइनस ८/१० डिग्री पुगेका हिमाली जिल्लाको जनजीवन झन् कष्टकर छ । तर, त्यो चिसो सामना गर्न हिमाली बासिन्दाले अनेक जुक्ति निकालेका छन् । कर्णालीका उच्च लेकाली बस्तीका काम गर्ने उमेरका अधिकांश मानिस तल्लो भेगमा व्यापार गर्न ओर्लेका छन् । घर कुर्न बसेका महिला, वृद्धवृद्धा र बालबालिकाका लागि झण्डै ६ महिनालाई पुग्ने बन्दोबस्ती मिलाएर उनीहरु पहाड र तराई झरेका छन् ।

समाचारमा लेखिएअनुसार हिमपातपूर्व नै खानाको जोहो, दाउरा, चौपायाका लागि घाँसको व्यवस्था गरिएको हुन्छ । दिनभरी घरभित्रै आगो तापेर बस्ने, उसिनेका गेडागुडी, आलु खाने गरिन्छ । चौपायालाई सुकेका खर पराल खुवाउने गरिन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!