नयाँपत्रिका

इलाम, २१ पुस। पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति बन्ने अवसर आए स्वीकार गर्ने तर त्यसका लागि आफूले लभिङ नगर्ने बताएका छन् ।

Advertisement

इलामको साखेजुङमा आज आयोजित कार्यक्रममा बोल्दै उनले सबै प्रक्रिया पूरा गर्न केही समय लाग्ने भएकाले फागुन महिना लाग्दा नलाग्दै नयाँ सरकार गठन भइसक्ने बताएका हुन् ।

एमालेका पूर्वअध्यक्ष समेत रहेका खनालले सरकार गठनसँगै माओवादी केन्द्रसँगको पार्टी एकीकरणसमेत अघि बढ्ने उल्लेख गर्दै “पार्टी एकीकरण हुन्छ, यसमा कसैले शंका गर्नु पर्दैन,” भने ।

दुवै पार्टी एकीकरणपछि सबैले समान अधिकार पाउने छ, उनले भने, “कसैलाई काखा कसैलाई पाखा लगाउने काम हुँदैन ।”

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!