राजेश भण्डारी

रुपेन्देही,२१ पुस । रुपेन्देहीको देवदह नगरपालिकामा काठ व्यवसायी वसन्त पौडेलको गोली हानेर हत्या गरिएको छ । शुक्रबार मध्यान्ह अपरिचित समूहले गोली हानेर उनको हत्या गरेको प्रहरीले जनाएको छ ।
देवदह नगरपालिकाको खैरेनीस्थित ढेकार भन्ने ठाउँमा आफ्नो काठ मिलमा बसिरहेको बेला पौडेलमाथि अज्ञात समुहले गोली प्रहार गरेका थिए । गोली लागेर गम्भिर घाईते भएका पौडेललाई उपचारका लागी लुम्बिनी अञ्चल अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक प्रहरी अधिकृतले जानकारी दिएका छन् ।

Advertisement

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!