चितवन,२० पुस। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन अघि नै एमाले र माओवादी केन्द्रका वीचमा पार्टी एकता हुने उद्घोष गरेका छन् ।

Advertisement

भरतपुर महानगरपालिकाको नगरपरिषद् उद्घाटन गर्न चितवन आएका प्रचण्डले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सरकार गठनको वाटो खुलिसकेकाले अब पार्टी एकता हुने बताए ।

पार्टी एकिकरणमा कुनै विवाद नभएको दाबी गरे । ‘दुई ठूला एकता गर्ने सन्र्दभमा छलफल हुनु र फरक विचार आउनु स्वभाविक छ’ प्रचण्डले भने, दुई दलका नेतालाई समुचित भूमिका दिनेमा यसअघि नै सहमति भएकाले कुनै विवाद छैन ।’

माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकतावारे कसैले पनि कही कतै वोल्न जरुरी नरहेको बताए ।

साथै उनले प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्ऽ तोक्ने जिम्मासरकारलाई नै दिएको जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!