काठमाडौँ – सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ २५ गते तोक्ने तयारी गरेको जनाएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवबीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने बारेमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

सो भेटमा प्रमुख निर्वाचन आयुक्त यादवले राष्ट्रियसभाको निर्वाचन माघ २५ गते गर्ने गरी मिति घोषणा गर्न उपयुक्त हुने सुझाव दिनुभएको प्रधानमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारीले जानकारी दिए।

सो अवसरमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगकै परामर्शबमोजिम माघ २५ गते निर्वाचन हुने गरी मिति तोकिने जानकारी गराएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!