काठमाडौ, १४ पुस । राष्ट्रिय जनता पार्टी नेपालको समानुपातिक सूचीमा आफ्नो नाम नपरेको भन्दै आक्रोशित समुहले पार्टी कार्यालयमा तोडफोड गरेको छ । राजपा नेपालले आज समानुपातिकको सूची आयोगलाई बुझाएको छ । नेपाल मधेशी कर्मचारी मञ्चका पूर्वअध्यक्ष विनोद सिंहको नाम समानुपातिक सूचिमा नपरेको कारण उनका सहयोगीहरुले तोडफोड गरेको स्रोतले जनाएको छ ।

पार्टीले आफूलाई समानुपातिकमा नाम नराखेर अन्याय गरेको गुनासो विनोद चौधरील गरे । ‘उनले भने, ‘आफ्नो जागिर १० वर्ष अझै बाँकी थियो तर राजपा नेपालले संसदको टिकट दिने भनेर राजिनामा दिन लगाएको थियो तर, टिकट नदिएर समानुपातिकको उम्मेद्वार बनायो आज नामावली बुझाउँदा मेरो नाम हटाएको छ त्यसले मलाई दुख लागेको छ ।’

Advertisement

आफ्नो नाम अल्पसँख्यकको एक नम्बरमै थियो तैपनि नाम नराखेको गुनासो  उनले गरे । उनले भने, ‘पार्टीमा कसले तोडफोड गर्यो मलाई थाह छैन, मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीलाई नै सोध्नुस् ।’ भुवनेश्वर चौधरीलाई सम्पर्क गर्दा सम्पर्कमा हुन सकेन ।

पार्टी कार्यालयका कर्मचारी प्रदीप पाठकले तोडफोड भएको कुरा आफूले सुनेको तर कसले गरेको थाहा नभएको बताए । उनले आफू पार्टीको कार्यालयमा नरहेको बताए ।

राजपा नेपालले बुझाएको नामावलीमा बविता चौधरी, निलम देवी भुमिहारनी, अन्जुकुमारी, पुनम यादव, विभा ठाकुर, डिम्पल झा, रामनरेश राय यादव, जानकीशरण साह, रामप्रवेश बैठा र लैला खातुनको नाम रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!