धनकुटा, १३ पुस । नेकपा एमाले धनकुटा सचिवालय सदस्य बिनादेवी राई (याम्फु) एमालेबाट प्रदेश सभा सदस्यमा छनौट भएकी छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले राईसहित ७ प्रदेशका ७५ प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको हो ।
चौबिसे गाउँपालिका–६ राजारानी घर भएकी राई २०३६ साल अघि देखि नै बिद्यार्थी राजनीतिबाट राजनीति क्षेत्रमा प्रवेश गरेकी हुँन् । २०१२ सालमा भोजपुरको लेखर्कमा जन्मिएकी राईले धनकुटाको माथिल्लो गोकुण्डेश्वरबाट २०३१ सालमा एसएलसी उत्रिर्ण गरेपछि उनको बिद्यार्थी राजनीति यात्रा सुरु भएको हो ।
एमालेका बिभिन्न पदिय जिम्मेवारी सम्हाल्दै आएकी उनी अहिले पार्टीको महिला फाट ईन्चार्ज पनि हुँन् । एमालेमा अबिचलित योद्धाको रुपमा चिनिएकी राई चौबिसे गाउँकार्यपालिकाको सदस्यसमेत छन् ।
प्रदेशसभा सदस्यमा छनौट भएपछि संगालोखबरसँगको कुराकानीमा राईले सम्पुर्ण मतदाता र पार्टी पंत्तीलाई धन्यवाद दिएकी छन् । ‘मेरो योगदानको पार्टीले मुल्यांकन गरेकाले धेरै खुसी छु ।’ संगालोकर्मीसँग उनले भनिन् ‘मैले पाएको जिम्मेवारीलाई सफलतापूर्वक निर्बाह गर्नेछु ।’