काठमाडौं, ११ पुस । काठमाडौंको मैतिदेवीमा मंगलबार बिहान  बस दुर्घटना भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Advertisement

कपनबाट कालिमाटी जाँदै गरेको सिटी यातायातको बा २ ख ८७३३ नम्बरको बस मैतीदेवी पुलनजिकैको बिजीलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

घाइतेको नर्भिक अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

स्थानीयका अनुसार बिहान साढे ३ बजेतिरको समयमा दुर्घटना भएको हो । बिजुलीको पोलमा ठोक्किएपछि बस सडकमै पल्टिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!