संगालोखबर सम्वाददाता

धनकुटा, १० पुस । काबेली बिकास बैंकमा माउन्ट मकालु डेभलपमेन्ट बैंक गाभिने प्रकृया अन्तिम चरणमा पुगेको छ । धनकुटाको काबेली र तेह्रथुम बसन्तपुरको माउन्ट मकालुले सोमबार साधारणसभा गरी बैंक गाभ्ने र गाभिने प्रस्ताव स्वीकृत गरेका हुन् ।

साधारणसभा पश्चात आयोजित पत्रकार सम्मेलनमा काबेली बिकास बैंकका अध्यक्ष गोपालप्रसाद काफ्लेले दुई बैंक गाभिने प्रकृया अन्तिम चरणमा पुगेको जानकारी दिदै माघ १ गतेबाट एकीकृत कारोवार सुरु गर्ने तयारी गरिएको बताएका छन् ।

Advertisement
पत्रकार सम्मेलनमा बोल्दै काबेली बिकास बैंकका अध्यक्ष काफ्ले । तस्वीर : रबिन कटेल/संगालोखबर

गाभिएपछि बैंकको नाम, केन्द्रिय कार्यालय, अध्यक्ष र कार्यकारी अधिकृत पनि काबेली बिकास बैंककै यथावत रहेनछन् । सस्थापक सञ्चालकमा काबेलीबाट २ जना र माउन्ट मकालुबाट १ जना रहनुका साथै सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकमा काबेलीबाट २ जना र माउन्ट मकालुबाट १ जना हुँनेछन् ।

दुवै बैंक गाभिएपछि धनकुटामा चार र तेह्रथुममा तीन शाखा कार्यालय रहने काबेली बिकास बैंकका जनसम्पर्क अधिकृत मोहन ढुंगेलले जानकारी दिए । ‘बैंक गाभिएपछि तीन जिल्लाबाट सेवा दिने योजना बनाएका छौ ।’ ढुंगेलले भने ‘धनकुटा र तेह्रथुमसँगै मोरङमा पनि क्षेत्र विस्तार गर्ने योजना छ ।’

गाभिएपछि बन्ने संस्थाको कुल चुक्ता पूँजी १४ करोड ५० लाख ७२ हजार हुँनेछ । जसमा ७ करोड ३९ लाख ८६ हजार सस्थापक समुहको र ७ करोड १० लाख ८५ हजार सर्वसाधरणको हुँनेछ ।

काबेली बिकास बैंकद्धारा आयोजित पत्रकार सम्मेलन । तस्वीर : रबिन कटेल/संगालोखबर

बजारमा रहेको दुवै बैंकको हकप्रद शेयर ६ करोड ५५ लाख १८ हजार, प्रस्तावित बोनस शेयर ४ करोड ४५ लाख ६ हजार पुग्नेछ ।

सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा माउन्ट मकालुको १०० कित्ता शेयर वरावर काबेलीको ८८ कित्ता शेयर हुँने गरी शेयर आदानप्रदान अनुपात कायम गर्ने प्रस्ताव पनि पारित गरिएको काबेली बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत शैलेन्द्र वादे श्रेष्ठले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement