नुवाकोट, १० पुस । शिवपुरी गाउँपालिका–५ स्थित महाकालीका श्याम तामाङ हराएको २१ दिनपछि मृत भेट्टिएका छन् ।

Advertisement

गत मंसिर १९ गतेदेखि हराएका ३३ वर्षीय तामाङ आइतबार अपराह्न मृत अवस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।

शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलभित्र खोलाको खोचमा भेट्टिएको शव सडेगलेकाले परीक्षणसमेत गर्न नमिलेको प्रहरीले जनाएको छ । भिरबाट लडेर मृत्यु भएको जस्तो देखिए पनि घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!