सुर्खेत, ८ पौष । गएराति सुर्खेत बसपार्कस्थित तरकारी बजारमा आगलागी भएको छ । आगलागीबाट १० वटा पसल जलेका छन् ।

Advertisement

नेपाल प्रहरीका डीएसपी गणेश चन्दले विद्युत्त सर्टका कारण भएकाे आगलागीमा १० वटा पसल जलेको जानकारी दिए ।

आगलागीबाट झण्डै ४ करोड बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ ।

शुक्रबार राति ९ बजेबाट सुरु भएको आगलागी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरुको प्रयासमा ३ घण्टापछि नियन्त्रणमा आएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!