काठमाडौँ, ७ पुस । राष्ट्रिय सभा र सरकार गठनका विषयमा राजनीतिक गतिरोध बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलिय बैठक शुरु भएको छ ।

Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पाँच पार्टी सहभागी रहेका छन् ।

बैठकमा प्रधानमन्त्री देउवासहित नेपाली काँग्रेसका नेताद्वय रामचन्द्र पौडेल तथा विमलेन्द्र निधि रहेका छन् ।

त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित माधवकुमार नेपाल, सुवास नेम्वाङ रहेका छन् । माओवादीबाट अध्यक्ष प्रचण्ड, नेता नारायाणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल रहेका छन् ।

मधेसवादी दलबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव तथा राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर रहेका छन् ।

सत्तारुढ दल नेपाली काङ्ग्रेसले निर्वाचन परिणाम सार्वजनिक गर्न अघि राष्ट्रपछि कार्यालयमा अड्किएर रहेको राष्ट्रिय सभा गठनबारे अध्याधेश जारी गर्न पर्ने अडान राखेको छ ।

यता, नेकपा एमालेले भने उक्त अध्याधेस असंवैधानिक भएको भन्दै राष्ट्रपतिले उक्त अध्याधेश जारी गर्न नहुने र निर्वाचन आयोगले तत्काल निर्वाचन परिणाम सार्वजनिक गरेर सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएको छ ।

राष्ट्रिय सभा र सरकार गठन फरक प्रक्रिया भएको भन्दै एमालेले जनमतको कदर गर्दै नयाँ सरकार गठनको प्रक्रिया तुरुन्त शुरु गर्नुपर्ने बताउँदै आएको छ ।

तर, सरकारले भने राष्ट्रिय सभाको निर्वाचनपछि मात्र निर्वाचनको चक्र पूरा हुने र त्यसपछि मात्र सरकार गठनको प्रक्रिया अघि बढ्ने भन्दै अध्याधेश जारी गर्नुपर्नेमा जोड दिइरहेको छ ।

राष्ट्रिय सभाको गठन एकल संक्रमणीय निर्वाचन प्रणाली वा बहुमतीय निर्वाचन प्रणालीमा जाने भन्ने विषयमा दलहरुबीच मतभिन्नता देखिएको छ ।

दुवै पक्षले आ–आफ्ना तर्क प्रस्तुत गरिरहेका छन् । जसले गर्दा नेपाली राजनीति अनिर्णयको बन्दी बनिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!