काठमाडौँ, ७ पुस । आर्थिक वर्ष २०७४/०७५ लागेको ४ महिनामा ६ सय ५५ जना बालबालिका हराएका छन् । हराएका मध्ये २ सय ६८ जना बालबालिका भेटिएका छन् ।

आ.व ०७४/०७५ को ४ महिनामा हराउनेमा ३ सय ४० बालिका र ३ सय १५ बालक रहेका छन् । श्रावणमा २ सय ५२, भाद्र १ सय ७१ असोजमा १ सय ३ र कार्तिकमा १ सय २१ जना बालबालिका हराएको सूचना बालबालिका खोजतलास केन्द्रमा प्राप्त भएको थियो । अझै ३ सय ८६ बालबालिका भेटिएका छैनन् ।

यस्तै नेपालभर आ.व २०७३/०७४ मा को असार मसान्तसम्ममा २ हजार ७ सय ७२ जना बालबालिका हराएका थिए ।

हराएका मध्ये बालबालिका खोजतलास केन्द्र बाट प्राप्त जानकारी अनुसार एक हजार ४७ जना बालक र एक हजार ७ सय २५ जना बालिका रहेका छन् । जसमध्ये ३ सय ५३ बालक र ३ सय ६७ बालिका गरी जम्मा ७२० बालबालिका भेटिएका छन् ।

यो तथ्याङ्क अनुसार पनि अझै २ हजार ५२ जना बालबालिका भेटिएका छैनन् । अहिले ६ सय ९४ बालक र एक हजार ३ सय ५८ बालबालिकाको खोजिकार्य भईरहेको छ । १५ देखि १८ वर्ष उमेर समुहका बालबालिका हराउने संख्या मध्ये धेरै रहेका छन् ।

बालबालिका खोजतलास केन्द्रका डिएसपी निर्मल बुढाथोकीले भने, ‘बालबालबालिका हराउँदा अविभावकले सूचना दिने गरेको र परिवार समुदायलेनै फेला पारेको खण्डमा सूचना नदिने हुँदा पनि भेटिएको बालबालिकाको संख्या कम देखिएको हो ।’

हराएका बालबालिकाको खोजी कार्यको जिम्मा लिने प्रहरी प्रशासनदेखि सरकारी निकाय तल्लिन भएर लागेको भने देखिन्न ।

हराएको बालबालिकाको अवस्थाको बारेमा भने बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी निकायनै अनभिज्ञ देखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!