Goma Dhungana

काठमाडौ । एमालेले राजविराज घटनाबारे नेता कार्यकर्तालाई स्पष्ट पार्न र घटनाको बास्तविकता बाहिर ल्याउँन आज बृहत् भेला बोलाएको छ ।

Advertisement

आज दिउँसो २ रामशाहपथको ट्राफिक कार्यलय पछाडी एक पार्टी प्यालेसमा बोलाइएको भेलामा पार्टीका शीर्ष नेताहरुले राजविराज घटनाबारे प्रश्ट पार्ने छन् ।

त्यस्तै एमालेले मेची–महाकाली अभियानका क्रममा मधेसी मोर्चाका कार्यकर्ताहरुले एमाले नेता कार्यकर्तामाथि भएको ज्याजती, आक्रमण आजगनी र तोडफोडका घटना र क्षतीको विवरण पनि सार्वजनिक गर्ने जनाएको छ ।

एमालेले यसअघि बुधबारै सप्तरी गोली काण्डपछि प्रदेशनम्बर २ स्तरीय विस्तारित अगुवा कार्यकर्ता भेला आयोजना गर्ने जनाइसकेको छ ।
सप्तरी घट्नापछि तीन दिन मेची–महाकाली अभियान रोकेको एमालेले भोलीबाट पुन हेटौंडाबाट सुचारु गर्ने जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement