संगालोखबर सम्वाददाता

धनकुटा, ५ पुस । धनकुटा नगरपालिका–२ भीरगाँउको श्रीमान टंक माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको छ । नेपाल परिवार नियोजन संघ धनकुटाको आर्थिक सहयोगमा विद्यालयको मधुगंगा बाल क्लवले आधारभुत तह र माध्यमिक तहका विद्यार्थीहरुवीच प्रतियोगिता संचालन गरेको हो ।

‘जनसङ्ख्या वृद्धि र यसको असर’ शिर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा माध्यमिक तह तर्फ सविन पौडेल प्रथम, कृति खड्का दोस्रो र अनिस निरौला तेस्रो भएको विद्यालयका शिक्षक नरबहादुर विश्वकर्माले जानकारी दिए ।

Advertisement

उनका अनुसार आधारभुत तह तर्फ कल्पना विश्वकर्मा प्रथम, उज्वल गुरागाई दोस्रो र करुण थापा तेस्रो भएका छन् । बिद्यालयका शिक्षकहरु नारायणप्रसाद गुरागाई, अमरबहादुर घिमिरे र इन्दिरा कार्की निर्णायकको भूमिकामा थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!