काठमाडौं , १ पुस । एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसप्रति आक्रोशित रुपमा प्रस्तुत भएका छन्। नेपाली कांग्रेसले सरकार निर्माणको सन्दर्भमा असान्दर्भिक बखेडा निकालेको भन्दै ओलीले जनताको मतलाई अवमुल्यन नगर्न चेतावनी समेत दिएका छन्।

आफ्नै निवासमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले भने,‘०६४ सालमा पनि सरकार बन्ने कुरालाई नेपाली कांग्रेसले अत्यन्त घिनलाग्दो ढंगले रोकिदियो, तीन चार महिनासम्म सत्ता हस्तान्तरण नै गरेन।’

ओलीले नेपाली कांग्रेस चुनाव हारेपछि पनि सत्तामा बसिरहन खोजेको टिप्पणी गरे। ‘हारेपछि पनि सरकारमा बसिरहन खोज्ने, हारेपछि हतारहतार नियुक्ती गर्दै हिँड्ने? हारेपछि आफ्ना मान्छे बढि हुनुपर्छ भन्ने? हाम्रा निर्वाचनका प्रणाली पद्धतिमा कहाँनेर एकल संक्रमणीय भनेर संविधानले भनेको छ?’, उनले प्रश्न गरे,‘बहुमत ल्याउने निर्वाचित हुने एउटा छ, समावेशी सिद्धान्तका आधारमा समानुपातिक प्रणालीबाट जाने अर्को छ अनि फेरि एकल संक्रमणिय कहाँ छ संविधानमा?’

ओलीले निर्वाचन आयोगप्रति समेत असन्तुष्टि व्यक्त गरेका छन्। निर्वाचन आयुक्त इला शर्माको ट्वीट तर्फ संकेत गर्दै ओलीले भने,‘कसैका ट्वीटका पछाडि निर्वाचन आयोग कुद्ने होइन, आयोगलाई आफ्नो भुमिका सहि ढंगले प्रस्तुत गर्न आग्रह गर्न चाहन्छु।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!