सिन्धुपाल्चोक, १ पुस । पछिल्लो समयमा सामाजिक सञ्जाल प्रयोगकर्ता बढेका छन्। प्रयोगकर्ता बढेसँगै सामाजिक सञ्जालमा दुरुपयोग बढ्दै गएको छ। सामाजिक सञ्जालमा पनि फेसबुक सर्वाधिक लोकप्रिय छ। अहिले फेसबुक नचलाउने व्यक्ति भेट्न मुस्किल पर्छ।

Advertisement

जसले गर्दा फेसबुकको कसैले सकारात्मक त कसैले नकारात्मक ढंगले फाइदा उठाइरहेको पाइन्छ। हो, यस्तै गरे सिन्धुपाल्चोक बलेफी–६ का तुलाबहादुर तामाङले।

उनले संखुवासभाको माकल गाउँपालिका-५ की एक महिलासँग फेसबुकमार्फत आफ्नो सम्बन्ध अगाडि बढाए। आपूm युएस आर्मी भएको बताए। ती महिलालाई आफ्नो माया जालमा फसाए। माया जालमा मात्र पारेनन् उनले ती महिलासँग विवाहसमेत गर्ने इच्छा व्यक्त गरे।

तुलाबहादुरको कुरामा लोभिँदै गइन् ती महिला। महिला लोभिँदै गएपछि तुलबहादुरले विवाहसमेत गरे। फेसबुकमा साथी भएको छोटो समयमा उनीहरुबीच विवाह भयो।

युएस आर्मीसँग विवाह गर्न पाउँदा महिला पनि खुसी भइन्। युएस आर्मीसँगले आफूसँग प्रेम गरी विवाहसमेत गर्दा कुन महिला चाहिँ खुसी नहोलान्। कसलाई के थाह हुन्छ र ?

आफूलाई प्रेम जालमा पारी आफैंलाई ठग्ने काम भइ्हेका छ। उनी पनि आफ्नो श्रीमानको माया जालमा पूरै डुबिन्। श्रीमानको विश्वास नगर्ने को नै महिला हुन्छन् र।

तर, ती महिलाले सोचेजस्तो बन्न पुगेन जीवन। ठूला ठूला इच्छा आकांक्षा साचेकी थिइन् होला। नसोचुन पनि कसरी? फेसबुकका सामान्य चिनजानको भरमा प्रेम, प्रेमपछि छोटो समयमै विवाह भएको उनको।

तामाङले विवाहपछि सालाहरुलाई पनि आफूसँगै जागिर लगाइदिने आश्वासन दिए। राम्रो कमाइ हुने भएपछि कसले नमान्ला र? आफ्नै श्रीमानको कुरा।

श्रीमानको कुरा सुनेर भाईलाई पनि युएस आर्मी बनाउने कल्पना बढ्दै गएपछि घरपरिवारमा सल्लाह गरिन्। उनीहरुले पनि आर्मीमा जागिर खाने सपना देख्न थाले।

तर, तुलाबहादुरले त्यहाँसम्म जानका लागि २१ लाख रुपैयाँ खर्च लाग्ने सुनाए। परिवारका सदस्य तयार भए।  पैसा पठाएपछि प्रोसेसका लागि भन्दै तामाङले काठमाडौंसम्म बोलाए।

२१ लाख लिएर काठमाडांै छिरेका तामाङ सम्पर्कमा थिएनन्। झट्ट कसलाई विस्वास लाग्छ होला भाइहरुलाई युएस आर्मी बनाउने प्रक्रियामा छ भन्दै २१ लाख लिएर गएका श्रीमान फरार भए भनेर।

धेरै समयपछि पनि सम्पर्कमा नआएपछि २१ लाख लिएर श्रीमान् फरार भएको थाह पाएपछि आफूहरु ठगिएको बल्ल उनीहरुले पत्तो पाएपछि केही दिनअघि महानगरीय अपराध महाशाखामा दिएको उजुरीको आधारमा तामाङलाई पक्राउ गर्ने सफल भएको जिल्ला प्रहरी कार्यालयका डिएपी विमलराज कँडेल बताउँछन्। अहिले तामाङलाई पक्राउ गरी कानुनी कारबाहीको प्रक्रियामा रहेको समेत कँडेलले जानकारी दिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!