पोखरा, १ पुस । पोखरा लेखनाथ महानगरपालिका–३ नदीपुरस्थित बाल मन्दिर माविमा खानेपानीको व्यवस्था गरिएको छ ।

Advertisement

लायन्स क्लब अफ पोखरा भृकुटीको सक्रियतामा एन्टी पोडियन अष्ट्रेलिया र लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ को सहयोगमा दुई लाख २५ हजार लागतमा पाँच पाँच हजार लिटर क्षमताका दुई ट्यांकी जडान गरिएको छ ।

ट्यांकीलाई आधुनिक प्रविधिबाट जमिनमुनि जडान गरी विद्यालयलाई स्वच्छ खानेपानी उपलब्ध गराइएको क्लबका अध्यक्ष इन्द्राकुमारी शर्मा पाठकले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!