दमौली, २९ मंसिर । तनहुँको ब्यास नगरपालिका– १२ स्थित घाँसीकुवामा आज माइक्रो बस र बस ठोक्किँदा १५ जना घाइते भएका छन् ।  पोखराबाट काठमाडौं जाँदै गरेको ग १ ख ६०६२ नं. को माइक्रो बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ ख ८७५९ नं को बस एक आपसमा ठोक्किँदा उनीहरु घाइते भएका हुन् । घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Advertisement

माइक्रो बसले उछिन्ने क्रममा अगाडिबाट आएको बससँग ठोक्किँदा दुर्घटना भएको हो । दुबै बसका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!