पाल्पा, २९ मंसिर । कालीगण्डकी कोरिडोरको सडक विस्तार गर्ने क्रममा माथिबाट पहिरो खस्दा एक्साभेटर कालीगण्डकी नदीको भीरमा अड्किएर पुरिएको छ । पहिरोमा सहचालक बझाङग जिल्ला थलास गाउँपालिकाका निवासी २१ वर्षीय सुनिलकुमार सिंह पुरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

पाल्पा जिल्लाका बगनासकाली गाउँपालिका–६ यम्घामा कुटिडाँडा नजिकैको कालीगण्डकी कोरिडोरको सडक विस्तारका क्रममा एक्सकाभेटर पुरिएको हो ।

सहचालक सिंहले एक्सकाभेटर चलाइरहेकाले उनी माटोमा पुरिएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनास्थलमा सहचालकको चप्पल भेटिएको छ । चालक भने चिया पिउन बसेकाले दुर्घटनाबाट जोगिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!