एजेन्सी, २८ मंसिर । संसारमा मानिसहरु विभिन्न कारणले चर्चामा आउने गर्छन् । यस्तो चर्चाको विषयमा ‘खतरनाक स्टन्ट’ गर्ने पनि पर्छ र संसारमा हाल खतरनाक स्टन्ट गर्नेहरुको संख्या बढ्दो क्रममा रहेको छ । ज्यानको बाजी लागाएर गर्ने यस्ता खतरनाक स्टन्टको क्रममा हालैमात्र चीनका चर्चित डेर्डइभिल क्लाईम्बर(Daredevil climber) ‘वू योन्गिंग’ को मृत्यु भएको छ ।

Advertisement

चीनको सामाजिक सञ्जाल विबोका स्टार रहेका २६ वर्षीय वूको ६२ तल्ले हुआयुआन हुआ नामक भवनमा खतरनाक स्टन्ट गर्ने क्रममा खसेर मृत्यु भएको जनाइएको छ । सामाजिक सन्जालमा वूको मृत्यु भएको जानकारी उनको प्रेमिका जी जीले दिइन् ।

वूले कुनैपनि सुरक्षा उपकरण नलिइकनै अग्लो भवनमा स्टन्ट गरेको छोटो भिडियो वीबोमा राखेका थियो । जसबाट उनले लाखौं फलोअर्स बनाएका थिए ।

वू आफैं खतरनाक स्टन्ट गर्ने भएपनि उनि आफ्ना फ्यानहरूलाई भने यस्ता स्टन्ट नगर्ने सल्लाह दिइरहन्थे । वूले यसै वर्षदेखि स्टन्ट भिडियो पोस्ट गर्न शुरु गरेका थिए । र अहिलेसम्म उनले ३०० छोटा भिडियो शेयर गरिसकेका छन् । गत नोभेम्बरदेखि भने वूले कुनै भिडियो पोस्ट गरेका थिएनन् । जस्कारण उनका प्रशंसकहरू चिन्तित भएका थिए ।

वूका पारिवारिक स्रोतले बताएअनुसार वू रुफटपिङ च्यालेन्जमा भाग लिएर एक लाख युआन कमाउन चाहन्थे । त्यपछि उनी आफ्नी प्रेमिकालाई बिहेका लागि प्रपोज गर्न चाहन्थे ।

वूका अर्का एक नातेदारले बताए अनुसार वूलाई बिहे गर्न र आफ्नी बिरामी आमाको उपचारका लागि पनि पैसा चाहिएको थियो । पेकिङ न्युजको समाचार अनुसार, चिनियाँ लाइभ स्ट्रीमिङ साइट भोल्केनोमा एक फुटेजमा वूलाई भवनबाट लडिरहेको देखिएको थियो । त्यसपछि वू एउटा रडमा अड्किएको देखिन्थ्यो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!