काठमाडौँ, २७ मंसिर । निकै रोचक बनेको सुनसरी–३ मा नेपाली काङ्ग्रेसका नेता विजय गच्छदार विजयी भएका छन् ।
नेकपा एमालेकी भगवति चौधरीलाई ३२१ मताान्तरले हराउँदै गच्छदार विजयी बनेका हुन् ।
लामो समय चौधरीले गच्छदारमाथि अग्रता बनाएपछि अन्तिममा गच्छदारले चौधरीलाई पछि पारेका थिए ।
गच्छदारले ३८ हजार ९७२ मत ल्याउँदा चौधरीले ३८ हजार ६५१ मत ल्याइन् ।