काठमाडौ‌ं, २६ मंसिर । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गराउन नेपाल सरकारले खेलेको भूमिका गर्व गर्नलायक रहेको बताएको छ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सुरक्षा चुनौतीका बीच पनि आम मतदातालाई सुरक्षाको पूर्ण प्रत्याभूति गराएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने नेपाल सरकारको भूमिका गर्व गर्न लायक रहेको बताएका हुन्।

मंगलबार निर्वाचन पर्यवेक्षकहरूको निर्वाचनसम्बन्धी समीक्षा कार्यक्रममा बोल्दै उनले निर्वाचनमार्फत् आम नेपाली जनताले लोकतन्त्र, संघीयता र संविधान कार्यान्वयनमा देखाएको चासोप्रति आभार व्यक्त गरे।

पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६५ प्रतिशत र दोस्रो चरणको निर्वाचनमा ६८ दशमलव २ प्रतिशत मत खसेको जानकारी उनले दिए। प्रमुख निर्वाचन आयुक्त यादवले दुवै चरणको निर्वाचनमा आम मतदाताको उल्लेख्य सहभागिता रहेको दाबीसमेत गरे।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!