कैलाली, २६ मंसिर । क्षेत्र नम्बर १ मा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का रेशमलाल चौधरी विजयी भएका छन्। उनी ३४ हजार ३४१ मत ल्याएर संविधानसभा सदस्य निर्वाचित भएका हुन्। चौधरीकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मदनकुमारी शाहले १३ हजार ४०६ मत पाइन्।

चौधरी दुई वर्षअघि भदौ ७ गते टीकापुरमा एक बालकसहित आठ सुरक्षाकर्मीको ज्यान जानेगरी भएको घटनाका फरार अभियुक्त हुन्। टीकापुर घटनामा संलग्न भएको भन्दै रेशविरुद्ध कर्तव्य ज्यान मुद्दा, ज्यान मार्ने उद्योग र हतियार डकैतीसम्बन्धी तीनवटा मुद्दा जिल्ला अदालतमा परेको छ।

उनले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका थिए। कानुनी व्यवसायीले राज्यको नजरमा फरार रहेको व्यक्तिले उम्मेदवारी दर्ता गर्नु  नै गैरकानुनी भनिरहँदा मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले अदालतमा मुद्दाको अन्तिम किनारा नलागेसम्म अभियुक्तले पनि उम्मेदवार बन्न पाउने कानुनी प्रावधान भएको बताएका थिए।  त्यही मुद्दामा २५ जना दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!