कञ्चनपुर, २६ मंसिर । कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखक पराजित भएका छन् ।

Advertisement

नेकपा एमालेका उम्मेदवार दीपक प्रकाश भट्ट २६ हजार ३६४ मत ल्याएर विजयी भएका छन् ।

काग्रेसका लेखकको पक्षमा २६ हजार १०६ मत मात्र खस्यो ।

लेखक २ सय ५८ मतान्तरले एमाले उम्मेदवार दीपक प्रकाश भट्टसँग  पराजित भएका हुन् ।

कञ्चनपुर ३ ‘क’ मा पनि एमाले उम्मेदवार विजयी भएका छन् । एमालेका प्रकाश रावल १२ हजार ८१७ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी कांग्रेसका यज्ञराज जोशीले १२ हजार ७५४ मत प्राप्त गरे । उनी
६३ मतान्तरले पराजित भए ।

कञ्चनपुर ३ ‘ख’ मा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । मान बहादुर सुनार  १३हजार ७०० मत ल्याएर विजयी भएका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार बेल बहादुर राना मगरले १३ हजार ५३९ मत प्राप्त गरे । उनी १६१ मतान्तरले पराजित भए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!