सुनसरी, २५ मंसिर । प्रदेश नम्बर एकको मुख्य मन्त्रीको रुपमा हेरिएको एमाले सचिव तथा सुनसरी क्षेत्रनम्वर १ ख का निर्वाचित प्रदेश सभा सदस्य भिम आचार्यले आफु अहिले नै प्रदेशको राजधानीको विषयमा नबाेल्ने बताएका छन् ।
प्रदेशको राजधानीको विषयमा तिब्र बहष भईरहदा पनि सम्भाबित मुख्यमन्त्री आर्चायले भने प्रदेशसभाको बैठक पछि मात्र आफुले धारणा राख्ने बताए ।
आचार्यलाई सुनसरी राजधानी तोक्नु हुन्छ ? भन्ने प्रश्नमा उनले भने मैले चुनाव अघि त त बोलिन अहिले झन बोल्दीन । प्रदेश सभाको पहिलो बैठकमा राजधानीको विषयमा कुरा उठाउँने भन्दै त्यो बैठकमा मात्र राजधानीको विषयमा छलफल हुने बताए । प्रदेशसभामा निर्वाचित हुदा पनि उनले राजधानीको विषयमा नवोल्नुले इटहरी अर्थात सुनसरीमा प्रदेशको राजधानी नहुने खतरा बढेको उनकै पार्टीका नेताहरुले वताएका छन ।
प्रदेशसभामा निर्वाचित सबै सदस्यहरुको राय सुझावको आधारमा राजधानी तोक्न सकिने उनको भनाई थियो । निर्वाचनको वेला चुनावी मुद्धा राजधानी वनाउँने विषयमा तिब्र उठाउँदा पनि आफुले नउठाएको भन्दै उनले भने म अहिले राजधानी यहाँ हुन्छ भनेर बोल्न मिल्दैन अहिले बोल्दीन ।
किन बोल्नु हुन्न नेता ज्यु ? भन्ने सम्वाददाताको प्रश्नले उनले प्रदेश सभाको पहिलो बैठक पछि मात्र बोल्छु भने । नेकपा एमालेले आचार्यलाई प्रदेश नम्वर एकको मुख्य मन्त्रीको रुपमा हेरेको छ ।
यता सुनसरी क्षेत्रनम्वर २ क मा निर्वाचित प्रदेशसभा सदस्य सर्वध्वज साँवाले भने प्रदेशको राजधानी इटहरी बनाउँन आफु मरिहत्ते गरेर लाग्ने बताएका छन् ।
मोरङ र धनकुटा मानेको छैन मेरो उदेश्य इटहरीमा प्रदेशको राजधानी बनाउँने हो म यो मिसनमा लागिनै रहने छु । इटहरी सबै हिसावले प्रदेशको राजधानी बनाउँन योग्य भएको भन्दै इटहरीलाई राजधानी बनाउँन आफु माथिल्लो निकाय सम्म पहल गर्ने बताए ।
चुनाव हुन अघि आफुले वोलेका सबै कुरा पुरा गर्ने भन्दै नवनिर्वाचित साँवाले इटहरीलाई नमुना बनाउँने बताएका छन् । मैले चुनाव हुनु अघि बोलेको कुरा पुरा गर्ने मेरो दायित्व हो म पुरा गरेर इटहरीवासीलाई देखाउँन चाहान्छु उनले थपे । १४ जिल्ला मध्ये १२ बटा जिल्लाले इटहरीमा समर्थन जनाईसकेको भए पनि मोरगंका केहि भाग र धनकुटा नमानिरहेको भन्दै इटहरीलाई राजधानी बनाउँन सबै सँग पहल गर्ने उनको धारणा छ ।
यता सुनसरी क्षेत्रनम्बर २ क का साँवाका प्रत्यासी युवा नेता हेमकर्ण पौडेलले पनि आफुले चुनाव अघि जनतालाई दिएको बचन पुरा गर्ने वताएका छन । उनले आफ्नो फेसवुक लाईभ मार्फत बोल्दै इटहरीको विकासमा औरात्र लागी पर्ने भन्दै इटहरीलाई प्रदेशको राजधानी बनाउँन देखि विकास निमार्णको काममा लागी पर्ने बताएका हुन । उनले नवनिर्वाचित साँवालाई उनकै घरमा गएर फुलमाला लगाई बधाई दिएका थिए ।