भरतपुर, २५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनका शीर्ष नेताहरु हार्नुको कारण खोजिने बताएका छन्।

Advertisement

विजय हुनु अगाडि सोमबार बिहान पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले जनताले वाम गठबन्धनलाई चुनौतिसहितको अभिभारा दिएको बताएका छन्।

देशैभर वामपन्थी गठबन्धनको लहर चलिरहँदा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र एमालेका उपाध्यक्ष वामदेव गौतम पराजित भएपछि उनले त्यसका कारण खोजिने बताए।

पार्टी र गठबन्धनको असहयोगका कारण उनीहरुको हार भएको चर्चा चलिरहँदा अध्यक्ष दाहालले यस्तो बताएका हुन्। उनले भने, ‘देशै भर वाम गठबन्धनको लहर चल्दा पनि केही शीर्ष नेताहरु हार्नुभएको छ’, उनले भने, ‘यसको कारण खोज्छौँ र उहाँहरुलाई मिलाएरै अगाडि बढ्छौँ।’

पार्टी एकतको प्रक्रिया अगाडि बढ्ने
अध्यक्ष प्रचण्डले आफू काठमाडौँ गएसँगै एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया अगाडि बढ्ने बताए। उनले पार्टी एकता समन्वय समितिको बैठक राखी यसलाई छटै टुंगोमा पु¥याउने जानकारी दिए।

‘पार्टी एकताका विषयमा कुनै आशंका नराख्नुस्, यो आशंका इतिहास बन्छ’, उनले भने, ‘अब छट्टै दुई पार्टीका बीचमा एकता हुन्छ।’

वाम गठबन्धनले ५० वर्ष शासन गर्छ
अध्यक्ष प्रचण्डले बहुमतसहितको वाम सरकारले पाँच वर्षमा राम्रो काम गर्न सके ५० वर्ष देशमा वामवपन्थीहरुको सरकार हुने दावी गरे। उनले जनताले चुनौतिसहितको अभिभारा दिएका कारण त्यसलाई पुरा गर्न आफूहरु लागि पर्ने बताए।

उनले वाम सरकारको गठनसँगै देश आर्थिक संमृद्धिको बाटोमा अगाडि बढ्ने दावी गरे।

प्रधानमन्त्रीको पहिलो दावेदार ओली
अध्यक्ष प्रचण्डले अब बन्ने वाम सरकारमा प्रधानमन्त्रीको प्रमुख दावेदार प्रमुख पार्टीको हैसियले केपी ओली भएको बताएका छन्।

उनले भने, ‘यो आपसी सहमतिमा हुने कुरा हो, ठूलो पार्टीको हैसियले ओली जी नै पहिलो दावेदार हो। उनले अब देशको भावी प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्ने भन्ने विषयमा छलफलबाट टुंगो लगाइने जानकारी दिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!