चितवन, २५ मंसिर । आफ्नो ६४ औं जन्मदिनको अघिल्लो दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन–३ बाट विजयी भएका छन्।

२६ मंसीर २०११ मा कास्कीको ढिकुरपोखरी लेवाडेमा जन्मेका प्रचण्डलाई यसपटकको जीत जन्मदिनको उपहार जस्तै भएको छ।

भर्खर सम्पन्न मत गणना परिणाम अनुसार ४८ हजार २ सय ६९ मतका साथ प्रचण्ड विजयी भएका हुन्।

प्रचण्डका प्रतिद्वन्द्वी राप्रपा (प्रजातान्त्रिक) का बिक्रम पाण्डेले ३८ हजार ९ सय ४२ मत पाएका छन्।

प्रचण्ड र पाण्डेबीचको मतान्तर ९ हजार ३ सय २७ रहेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!