कैलाली, २५ मंसिर । कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर ५ की कांग्रेस उम्मेदवार आरजु राणाले  विजयी हासिल गर्ने नारदमुनि रानालाई बधाई दिएकी छिन् ।

Advertisement

 सोमबार धनगढीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै राणाले आफू पराजित भएपनि यो क्षेत्रको विकासका लागि निरन्तर क्रियाशिल भइरहने प्रतिबद्धता जनाइन् ।

‘चुनाव भनेको एउटा लोकतान्त्रिक प्रक्रिया हो । हारजित भइरहन्छ’, उनले भनिन्, ‘ हारेपनि निरन्तर यो क्षेत्रको विकासमा लागिरहन्छु  ।’

उनले पार्टीभित्रबाट भएको अन्तर्घात, सबै जनतासम्म पुग्न नसक्नु र  आफूलाई चिनाउन नसक्नुलगायत हारको कारण रहेको भन्दै धनगढीमा हाबी रहेको  जातीयता पनि कारक रहेको बताइन् ।

उनले  आफूलाई भोट दिने सबै मतदातालाई धन्यवाद ज्ञापन गर्दै संविधानको भावनाअनुसार अब बन्ने सरकार अघि बढ्नुपर्नेमा पनि जोड दिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!